काठमाडौँ — गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ । 

नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ) थियो । सन् २०२० मा बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ) पुगेको छ ।

यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्विस बैंकले सार्वजनिक गर्दैनन् । स्विस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन् । गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ ।

नेपालीको बचत सन् २०१७ पछि लगातार दुई वर्ष घटेको थियो । स्विस नेसनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ (हालको विनिमय दर अनुसार) थियो । २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८ सय ४८ रुपैयाँमा झर्‍यो । २०१९ मा अझ घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँमा पुग्यो । २०२० मा भने दोब्बर भएको हो । यो रकम ब्याजसहितको हो ।

स्विस नेसनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर सन् १९९६ (वि.सं. २०५२) देखिको विवरण सार्वजनिक गरेको छ । द्वन्द्व सुरु भएकै वर्ष १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ (हालको विनिमय दर अनुसार) जम्मा गरिसकेको देखिन्छ । तर हालको मौज्दात त्यति नहुनुले नेपालीले बचत राख्ने र झिक्ने गरिरहेको देखाउँछ ।

स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्विस बैंकलाई गैरकानुनी आर्जन राख्न सुरक्षित भनेर विश्वभर नै चिनिन्छ ।

नेपालको सन्दर्भमा स्विस बैंकमा बचत मुख्य दुई दृष्टिकोणले गैरकानुनी रहेकाले यसबारे सरकारले गम्भीर अुनुसन्धान गर्नुपर्ने अधिकारीहरू बताउँछन् । पहिलो– पारदर्शिता कमजोर भएको स्विस बैंकमा बचत गर्नु नै सम्पत्ति शुद्धीकरणको शंका गर्दै अनुसन्धान कार्य अगाडि बढाउनुपर्छ । दोस्रो– विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ मा नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, कम्पनी तथा फर्ममा लगानी गर्न नपाउने व्यवस्था छ । यसविपरीत कार्य गरे बिगोबमोजिमको जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । ‘नेपालीले स्विस बैंकमा मौज्दात र विदेशमा लगानी गरेको विवरण सार्वजनिक हुनुले हाम्रो आर्थिक नीति उल्लंघन भएको पुष्टि गर्छ,’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘यस्ता विवरण धेरैपटक सार्वजनिक भए पनि लामो समयदेखि आँखा चिम्लिएकै अवस्था छ ।’

सम्पत्ति शुद्धीकरणको मामिलामा काम गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) र एसिया प्रशान्त क्षेत्र समूह (एपीजी) जस्ता अन्तर्राष्ट्रिय संगठनहरूको सदस्य राष्ट्र भएपछि नेपालको हैसियत सुधार भएको सुवेदीले बताए । ‘सदस्य राष्ट्र भइसकेको नाताले उसको नेटवर्कभित्र रहेर हामी अनुसन्धान अगाडि बढाउन सक्छौं,’ उनले भने, ‘त्यसो गरेनौं र यस्ता समाचार आइरहे भने उसले सदस्य राष्ट्रबारे गर्ने मूल्यांकनका क्रममा हामीलाई नै अप्ठेरो पर्छ ।’

स्विस

नेपालमा सम्पत्ति शुद्धीकरणविरुद्ध केकति काम भइरहेको छ भन्ने बारेमा यी अन्तर्राष्ट्रिय संस्थाहरूले आगामी वर्ष मूल्यांकन गर्दै छन् । यसमा खासगरी संस्थागत र कानुनी संयन्त्र तयार भएको तर कार्यान्वयनको पाटोमा एकदमै कमजोर देखिएको सरकारकै अध्ययन प्रतिवेदनहरूले औंल्याइसकेका छन् । ‘त्यसकारण अब हामीले मौनता साध्न हुँदैन । यसमा खासगरी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रभावकारी उपस्थिति जनाउनुपर्छ,’ सुवेदीले भने ।

हालसम्म स्विस बैंकमा रकम जम्मा गरेकामध्ये तीन जना नेपालीको नाम मात्रै सार्वजनिक भएको छ । सन् २०१९ जनवरीमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ (आईसीआईजे) र नेपालस्थित खोज पत्रकारिता केन्द्र (खोपके) ले सार्वजनिक गरेको विवरणअनुसार स्विस बैंकले बचतकर्तामा लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु शाह छिब्बर र उनका दुई छोरा पनि हुन् । बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा उनीहरूले पैसा जम्मा गरेका हुन् । मिनुको स्थायी ठेगाना ललितपुरको कुपण्डोल हो, जहाँ उनको ‘छिब्बर निवास’ नै छ ।

मिनु र उनका दुवै छोराले सन् २००६/०७ मा ७८ लाख ५० हजार ९ सय ९१ का दरले (२ अर्ब ६१ करोड ४३ लाख ८० हजार रुपैयाँ) बचत गरेको विवरण सार्वजनिक भएको थियो । यी नाम र अन्य विवरण पटक–पटक सार्वजनिक भए पनि यसबारे अनुसन्धान गर्नुपर्ने नेपालका निकाय बेखबरजस्तै छन् ।

पारदर्शितामा दबाब

स्विस नेसनल बैंकले पछिल्लोपटक सार्वजनिक गरेको विवरणअनुसार त्यहाँका बैंकमा २ सय २४ वटा मुलुकका नागरिकको रकम मौज्दात छ । तर बैंकले कुनै पनि प्रयोजनका लागि कुनै पनि निकायलाई खातावालको विवरण दिँदैन । सम्पत्ति शुद्धीकरणको मामिलामा पारदर्शी र कठोर हुनेबारेमा विश्वभर एजेन्डा बनेपछि स्विस बैंकमाथि विवरण सार्वजनिक गर्न दबाब बढेको छ । ‘आईसीआईजे’ ले सन् २०१५ मा गरेको ‘स्विस लिक्स’ ले करछली तथा आपराधिक क्रियाकलापबाट आर्जन गरिएको रकमसमेत स्विस बैंकमा जम्मा गरेको तथ्य सार्वजनिक गरेको थियो ।

त्यसपछि थप दबाब बढेपछि स्विस नेसनल बैंक केही विवरण सार्वजनिक गर्न र पारदर्शिताको विषयमा केही लचिलो भएको छ । स्विस बैंकले ‘तानाशाह, भ्रष्ट नेता, करछली गर्ने व्यापारी, हतियार तथा लागूऔषध कारोबारीको रकम जम्मा गरी नाफा कमाउने काम गरेको’ आईसीआईजेको दाबी छ ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु