काठमाडौँ —भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्।

बिहान १० बजे बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल सुरू गरेका छन्। देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाउँदै महाधिवेशनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।
कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आफू बुढानिलकण्ठस्थित छलफलमा रहेको बताए। हुमागाईंलाई देउवाले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख बनाएका थिए। हुमागाईं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्थे।

देउवाले आज गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग अपरान्ह ३ बजे छलफल गर्न लागेका छन्। साथै शनिबार देउवाले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।
आफू सभापति उठ्ने भएकोले महाधिवेशन प्रतिनिधि ल्याउनदेखि नै सहयोग गर्न देउवाले केन्द्रीय सदस्यहरूसँग आग्रह गरिरहेका छन्।



कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। देउवाले महाधिवेशन लक्षित सक्रियता बढाएका छन्।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह