काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४-२ ले पराजित गरेको हो ।

पहिलो जितपछि जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित भएको थियो ।

उता पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको साविक विजेता पोर्चुगलको यस संस्करण पहिलो हार हो ।

म्युनिखमा भएको खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर सुरुआत देखि नै आक्रमक खेलेको जर्मनीले बराबरी गोल पर्काउन धेरै कुर्नुपरेन।

३५औं मिनेटमा पोर्चुगलका रुबेन डियाजले आत्मघाती गोल गरेपछि जर्मनीले खेल बराबरी गर्‍यो । यस्तै ३९औं मिनेटमा राफेल गुरेइराले पनि आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनीले २-१ को अग्रता बनायो ।

दोस्रो हाफको १५ मिनेटभित्र जर्मनीले २ गोल गर्‍यो । ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । यस्तै ६०औं मिनेटमा जोसुअ किम्मीचको पासमा गोसेन्सले गोल गरेपछि जर्मनीले ४-१ को अग्रता बनायो ।

६७औं मिनेटमा जोटाले रोनाल्डोको पासमा गोल गर्द गोल अन्तर कम पार्ने प्रयास गरेका थिए तर थप गोल पर्काउन नसक्दा जर्मनीले शानदार जित हात पारेको हो ।

‘ग्रुप अफ डेथ’ मानिएको समूह डी मा सबैले दुई खेल खेलेपछि फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको समान ३ अंक छ भने हंगेरीको १ अंक छ।

अब अन्तिम खेलमा जर्मनीले हंगेरी र पोर्गुचलले फ्रान्ससँग खेल्नेछ ।

यो पनि पढौं :

वुद्धिचाल अर्थात् चेस खेलका नियम
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता
क्रोएसियाले ऐतिहासिक टिम मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल
इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा १७४ को मृत्यु
राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी
२-१ को अन्तरले स्विडेन बाहिरियो, युक्रेन भने पहिलो पटक क्वाटरफाईनलमा
विश्व नम्बर एक जर्मनी बाहिरियो, प्रशिक्षक योकिमको दुखद् बिदाई
फ्रान्स र क्रोएसिया समुह चरणबाट बाहिरियो, स्विजरल्याण्ड र स्पेन क्वाटरफाईनलमा
आज राती बेल्जियम विरुद्ध पोर्चुगल, नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र भिड्दै
नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली अन्तिम आठमा
वेल्समाथि सानदार जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा