६ असार काठमाडौं । युरोकप २०२० मा आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात् राति ९:४५ बजे सुरु हुनेछ।

इटलीले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । वेल्सविरुद्ध जित वा बराबरीले इटली समूह विजेता बन्नेछ । यस्तै बराबरीले वेल्सलाई पनि नकआउट चरणमा पुर्‍याउनेछ तर इटलीविरुद्ध जित हात पारे वेल्स समूह विजेता बन्नेछ।

इटलीले यसअघि घरेलु मैदानमा दुई खेल जितिसकेको छ । उद्घाटन खेलमा टर्कीलाई ३-० ले पराजित गरेको इटलीले त्यसपछि दोस्रो खेलमा स्विट्जरल्याण्ड पनि सोही नतिजामा हराएको थियो । सन् २०१८ सेप्टेम्बर यता इटली २९ खेलसम्म अपराजित छ।

उता वेल्सले पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई ३-० ले हराएको थियो । वेल्स इटलीसँग पराजित भए पनि अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई हराउन नसके वेल्स समूह उप विजेता बन्नेछ ।

सन् २०१६ मा डेब्यु गर्दै सेमिफाइनलसम्म पुगेको वेल्स यस पटक पनि त्यही उपलब्धि दोहोर्‍याउने लक्ष्यमा छ।

इटली र वेल्स ठूलो प्रतियोगितामा पहिलो पटक भिड्न लागेका हुन । यसअघि यी दुईबीच ९ खेल हुँदा इटलीले ७ खेल जितेको छ भने वेल्सले २ खेल जितेको छ।

अर्कोतर्फ बाकु ओलम्पिक स्टेडियममा भिड्दा स्विट्जरल्याण्ड र टर्की निश्चित जितका लागि खेल्नेछन् । स्विट्जरल्याण्डको २ खेलबाट जम्मा १ अंक छ भने टर्की अंकविहीन छ ।

त्यसैले अगाडिको यात्रा तय गर्न जितको विकल्प छैन । स्विट्जरल्याण्डले टर्कीलाई हराउन सके र वेल्स इटलीसँग पराजित भए स्विट्जरल्याण्ड समूह उपविजेता बन्नेछ । यदि स्विट्जरल्याण्डले खेल जितेमा अनि वेल्सले इटलीसंँग जित वा बराबरी खेलेमा स्विट्जरल्याण्डले तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट राउण्ड पुग्नेछ ।

उता टर्कीको लागि झिनो सम्भावना कायम राख्न स्विट्जरल्याण्डलाई हराउनै पर्नेछ । जसले टर्कीको ३ अंक हुनेछ र अगाडिको यात्रा तेस्रो हुने टिमहरुको अंकको आधारमा छिनोफानो हुनेछ।

टर्की र स्विट्जरल्याण्ड युरोकपमा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि सन् २००८ मा स्विट्जरल्याण्ड सहआयोजक हुँदा टर्की २-१ ले विजयी भएको थियो ।

समग्रमा अहिलेसम्म १५ खेल हुँदा टर्कीले ८ खेल जितेको छ । स्विट्जरल्याण्डले ४ खेल जित्दा ३ खेल बराबरी भएको थियो ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
वुद्धिचाल अर्थात् चेस खेलका नियम
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै