७ असार, काठमाडौं । भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्।

शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहेका छन्। देउवानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यहरूलाई छलफलमा आउन भनेका छन्।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन्। आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए। देउवाले पार्टी चलाएको र प्रधानमन्त्रीसमेत भएर अनुभव हासिल गरेकोले आफू पुन: एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेको बताइरहेका छन्।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
सिन्धुपाल्चोक क्षेत्र नं २ मा १२ हजार मतान्तरले विजयी हुदै इतिहास रचे मोहन बस्नेतले
सिन्धुपाल्चोक क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा सानदार मतले विजयी
सिन्धुपाल्चोक क्षेत्र नं १ को प्रदेश सभा क मा मसिना खड्का भण्डारी सानदार मतले विजयी
सिन्धुपाल्चोक-२ को मतगणना, नेपाली कांग्रेसको अग्रता
सिन्धुपाल्चोक-१ को मतगणना, एमालेको अग्रता
सिन्धुपाल्चोकको विपदमा म सधैं अगाडि: मोहन बस्नेत
प्रतिनिधिसभाका उम्मेदवारले बढिमा तीन वटा सम्म सम्पर्क कार्यालय खोल्न पाउने
ओलीलाई देउवाको प्रश्न: एमालेले गठबन्धन गर्न हुने, हामीले गर्न नहुने?