काठमाडौँ — युरो २०२० अन्तर्गत बुधबार महत्त्वपूर्ण ४ वटा खेल हुँदैछन् । राति १२ : ४५ बजे बुडापेस्टमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलविरुद्ध फ्रान्स र म्युनिखमा हुने खेलमा जर्मनीविरुद्ध हंगेरीले प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै पहिलो खेलमा राति ९ : ४५ बजे डब्लिनमा स्विडेनविरुद्ध पोल्यान्डले र सेभियामा स्लोभाकियाविरुद्ध स्पेनले प्रतिस्पर्धा गर्नेछ ।

सुरुका दुई खेलमा बराबरी खेलेको स्पेनले युरो २०२० को नकआउट चरणमा स्थान बनाउन स्लोभाकियालाई हराउनै पर्ने हुन्छ । पोर्चुगलमाथि सानदार जितपछि प्रतियोगितामा पुनरागमन गरेको जर्मनीका लागि समूहको अन्तिम खेलमा हंगेरीलाई हराउनुपर्ने हुन्छ ।

फ्रान्स बुधबार बल प्रहार नगरेर नै अर्को चरण पुगिसकेको छ । पोर्चुगल पराजित रहेर पनि अर्को चरण पुग्न सक्नेछ । विश्वकप विजेताविरुद्ध युरोपेली विजेताबीचको ‘महाभिडन्त’ ले यस्तो रूप लेओस् भनेर कमैले चाहेका थिए । 

आखिरमा यो क्रिस्टियानो रोनाल्डोविरुद्ध केलियन एमबाप्पेबीचको खेल पनि हो । समूह ‘एफ’ को यो खेलमा जित निकाल्न सके फ्रान्स समूह विजेता बन्नेछ । एक गोलको हारले पोर्चुगललाई खासै फरक पार्ने छैन । तर यसका लागि समूहकै अर्को खेलमा हंगेरीले जर्मनीलाई पराजित नगरोस् ।

जर्मनी र हंगेरी दुवै एक आपसमा सामना गर्दा एउटै लक्ष्य हुनेछ, प्रतियोगिताबाट बाहिरिने सम्भावना टार्ने । यसका लागि हंगेरीलाई जित नै आवश्यक छ भने जर्मनीलाई जित नचाहिन सक्छ । सन् १९५४ को विश्वकपपछि जर्मनी र हंगेरी पहिलोपल्ट कुनै ठूलो प्रतियोगितामा खेलिरहेका छन् । त्यस ऐतिहासिक खेललाई अहिलेसम्म पनि ‘बर्नको चमत्कार’ का रूपमा सम्झिने गरिन्छ । तत्कालीन पश्चिम जर्मनीले हंगेरीलाई त्यतिबेला ३–२ ले हराएको थियो ।

यो पनि पढौं :

वुद्धिचाल अर्थात् चेस खेलका नियम
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता
क्रोएसियाले ऐतिहासिक टिम मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल
इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा १७४ को मृत्यु
राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी
२-१ को अन्तरले स्विडेन बाहिरियो, युक्रेन भने पहिलो पटक क्वाटरफाईनलमा
विश्व नम्बर एक जर्मनी बाहिरियो, प्रशिक्षक योकिमको दुखद् बिदाई
फ्रान्स र क्रोएसिया समुह चरणबाट बाहिरियो, स्विजरल्याण्ड र स्पेन क्वाटरफाईनलमा
आज राती बेल्जियम विरुद्ध पोर्चुगल, नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र भिड्दै
नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली अन्तिम आठमा
वेल्समाथि सानदार जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा