१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को एक नम्बर अध्यक्षको रुपमा महन्थ ठाकुरले आफूलाई प्रस्तुत गरेका छन् । ठाकुर पक्षले निर्वाचन आयोगलाई पठाएको पत्रमा पार्टीको एक नम्बर अध्यक्ष ठाकुर रहेको दावी गरिएको हो ।

पुस ७ गतेको बैठकले महन्थ ठाकुरलाई कार्यकारिणीको अधिकार दिएका कारण उनी एक नम्बरको अध्यक्ष रहेको दावी गरिएको जसपाका एक कार्यकारिणी सदस्यले जानकारी दिए । ती सदस्यले भने, ‘पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरलाई कार्यकारिणीको अधिकार दिइ कार्यकारिणी समिति हेरफेर गर्ने अधिकार दिएको थियो । सोही अधिकारलाई प्रयोग गरी समितिमा हेरफेर गर्नुभयो । कार्यकारिणी समितिमा बहुमत रहेको प्रमाण हामीले निर्वाचन आयोगमा दिएका छौं ।’

जसपाभित्र बढ्दो विवादका बीच ठाकुरले निर्वाचन आयोगमा कार्यकारिणी समितिको बहुमत सदस्य आफूसँग रहेको दावीसहितको हस्ताक्षर बुझाइसकेका छन् । अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो पक्षबाट २० जना राखेका छन् । त्यसरी बहुमत देखाएर निर्वाचन आयोगमा आइतबार पत्र पठाएको एक नेताले बताए ।

ठाकुरले आयोगमा बुझाएको पत्रमा कार्यकारिणी समितिका ३७ जना सदस्यको हस्ताक्षर रहेको छ ।  जसमा कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले गरेका निर्णयको प्रतिलिपि पनि बुझाइएको छ । त्यस्तै, २०७७ पुस ७ गते बसेका कार्यकारिणी समितिको बैठकले गरेको निर्णयको प्रतिलिपि पनि पठाइएको छ ।

तर,  उपेन्द्र यादव पक्षले भने पुस ७ को बैठकमा ठाकुरलाई अधिकार दिनेगरी त्यस्तो कुनै निर्णय नभएको दावी गर्दै आएको छ । यसअघि नै यादव पक्षले दलको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । अहिले त्यसको प्रतिउत्तरमा ठाकुरले आफ्नो पक्षमा बहुमत रहेको दावीसहित आयोगमा पत्र बुझाएका हुन् ।  आयोगमा पत्र बुझाउनका लागि कार्यकारिणी समितिका सदस्य डा.सुरेन्द्र झा, मुकेश झा र केशव झा गएका थिए ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
सिन्धुपाल्चोक क्षेत्र नं २ मा १२ हजार मतान्तरले विजयी हुदै इतिहास रचे मोहन बस्नेतले
सिन्धुपाल्चोक क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा सानदार मतले विजयी
सिन्धुपाल्चोक क्षेत्र नं १ को प्रदेश सभा क मा मसिना खड्का भण्डारी सानदार मतले विजयी
सिन्धुपाल्चोक-२ को मतगणना, नेपाली कांग्रेसको अग्रता
सिन्धुपाल्चोक-१ को मतगणना, एमालेको अग्रता
सिन्धुपाल्चोकको विपदमा म सधैं अगाडि: मोहन बस्नेत
प्रतिनिधिसभाका उम्मेदवारले बढिमा तीन वटा सम्म सम्पर्क कार्यालय खोल्न पाउने
ओलीलाई देउवाको प्रश्न: एमालेले गठबन्धन गर्न हुने, हामीले गर्न नहुने?