इटहरी, १३ असार । सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नं. ८ स्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाइते भएका छन् । आज बिहान पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ बर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार बिराटनगर–९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर–७ का ४० बर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ का ३५ ३५ बर्षीय विवस तामाङ र हायसको सहचालक सोही स्थानको वडा नं. ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भइरहेको छ ।दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो पनि पढौं :

लगातारको बर्षाले दशैं मनाउन पाएनन्, बाढीको भेलमा गाउँ डुब्यो (फोटोफिचर)
असोज १३ गते ताङ्जो महाकालाको पुजा हुने, स्थानीय सरकारले पनि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड
कीर्तिमानी आरोही सानु शेर्पालाई अभिनन्दन
आलु, छुर्पी र खरीको बिशेष बजार बन्दै मुडे बजार
पुर्वमन्त्री मोहन बहादुर बस्नेतको हातबाट पहिरो पिडितलाई लालपुर्जा
ठुलै दुर्घट्नाको प्रतिक्षामा अतिथिसदन रोडको यो खाल्डो
विर्तामोड सिल हुदै
नहरमा डुबेर ५ जनाको ज्यान गयो
अभर पर्नु होला, पुर्व पश्चिम राजमार्ग अवरुद्ध छ
हिजो दिउँसोदेखिको बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्...
मेलम्चीको ताण्डव, २ तला सम्मका घर डुबे, तहसनस गर्ने क्रम अझै जारी
करेन्ट लागेर मृत्यु
कृषकहरुलाई कृषि औजार वितरण
झापा गाउँपालिकामा जंगली हात्तीको आतंक