१५ असार, काठमाठौं । विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिएको छ । स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा प्रिक्वाटरफाइनलमा सकिएको हो ।

केलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भयो । उता स्विट्जरल्याण्ड् भने ऐतिहासिक जितसहित पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डले ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो पहिलो पटक हो।

रोमानियामा सोमबार राति भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ स्वीट्जरल्यान्डले बाजी मार्‍यो ।

पेनाल्टीमा स्विट्जरल्याण्डा गोलकिपर यान सोमेरले फ्रान्सका एमबाप्पो प्रहार रोक्दै जित दिलाए । फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । एमबाप्पे भने पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए । उता स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन सार, म्यानुएल अकान्जी, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

त्यस्तै हिजो भएको पहिलो खेलमा क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो । निर्धारित समयको खेल ३-३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो ।

युरोकपमा एक खेलमा भएको यो दोस्रो धेरै गोल हो । यसअघि सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभियाबीचको खेलमा ९ गोल भएको थियो । रोमाञ्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो साराबिया, सेजार एज्प्लिकुएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओजाबायाले एक–एक गोल गरे । क्रोएसियाका लागि मिस्लास ओरिसिच र मारियो मासालिचले एक–एक गोल गरे । स्पेनले एक गोल उपहार दिएको थियो ।

स्पेन सन् २०१२ पछि पहिलो पटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो । सन् २००८ र २०१२ मा लगातार युरो उपाधि जितेको स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०१६ को युरो र २०१८ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो ।

यो पनि पढौं :

वुद्धिचाल अर्थात् चेस खेलका नियम
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता
क्रोएसियाले ऐतिहासिक टिम मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल
इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा १७४ को मृत्यु
राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी
२-१ को अन्तरले स्विडेन बाहिरियो, युक्रेन भने पहिलो पटक क्वाटरफाईनलमा
विश्व नम्बर एक जर्मनी बाहिरियो, प्रशिक्षक योकिमको दुखद् बिदाई
आज राती बेल्जियम विरुद्ध पोर्चुगल, नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र भिड्दै
नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली अन्तिम आठमा
वेल्समाथि सानदार जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा
युरो कपमा आज महत्वपुर्ण ४ खेल, पोर्चुगलविरुद्ध फ्रान्स, जर्मनीविरुद्ध हंगेरी र स्विडेन विरुद्ध पोल्य...