Germany’s coach Joachim Loew reacts during their Euro 2016 qualification match against Poland in Frankfurt, Germany, September 4, 2015. REUTERS/Ina Fassbender

१६ असार, काठमाडौं । युरोकप २०२० मा जर्मनी अन्तिम १६ बाट बाहिरिएपछि प्रशिक्षक योकिम लो पनि जर्मनीको प्रशिक्षकबाट बिदा हुँदै छन् । युरोकप पछि नै हान्सी फ्लिक जर्मनीको नयाँ प्रशिक्षक बन्ने यसअघिनै सम्झौता भइसकेको छ ।

डेढ दर्शक जर्मनीको प्रशिक्षक रहेका लो ले यसअघि नै युरोकपपछि जर्मनीको प्रशिक्षक छाड्ने घोषणा गरिसकेका थिए । ग्रुप अफ डेथ मा रहेको जर्मनी समूह एफ मा दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

तर इंग्ल्याण्डसँग २-० ले पराजित हुँदै जर्मनी अन्तिम १६ बाटै घर फर्कियो । यस हारपछि योकिम लो को जर्मनीसँग १५ वर्षको प्रशिक्षक करियर पनि समाप्त भएको छ । तर उनको बिदाइ सुदख बन्न सकेन । चौथो पटक युरोकपको पाधि जित्ने जर्मनीको लक्ष्य यस पटक अधुरै रह्यो ।

युरो २०२० मा चार खेल्दा जर्मनी जम्मा एक खेल जित्यो भने दुई खेल हार्‍यो । एक खेल बराबरी खेलेको थियो । समूहको पहिलो खेलमै जर्मनी फ्रान्ससँग १-० ले पराजित भयो । दोस्रो खेलमा साविक विजेता पोर्चुगललाई ४-२ ले पराजित गरको जर्मनीले तेस्रो खेलमा हंगेरीसँग २-२ को बराबरी खेलेको थियो ।

सन् २००४ देखि २००६ सम्म जर्मनीको सहायक प्रशिक्षक हरेका योकिम लो जर्गेन क्लिन्समानले सम्झौता नवीकरण नगरेपछि सन् २००६ जुलाईमा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि उनले २००८ को युरो कप जित्ने लक्ष्य बनाए । जर्मनीको प्रशिक्षकको रुपमा लो को पहिलो खेल २००६ अगष्टमा स्वीडेनविरुद्ध थियो । उक्त खेल जर्मनीले ३-० ले जित्दा मिरोस्लाभ क्लोजले दुई तथा बर्न्ड सेइडरले एक गोल गरेका थिए ।

लो को प्रशिक्षणमा जर्मनीले सन् २०१४ मा विश्वकप उपाधि जितेको थियो । यस्तै २०१७ को कन्फ्रेडेरनको कपको उपाधिसमेत जितेका थिए । यसैगरी २००८ को युरोकपमा जर्मनी उपविजेता र २०१० को विश्वकपमा भने तेस्रो भएको थियो ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
वुद्धिचाल अर्थात् चेस खेलका नियम
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु