१६ असार,काठमाडौं । युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल गरे । स्वीडेनका लागि एमिल फोर्सवर्गले एक गोल फर्काए । रोमाञ्चक खेलको १२०औं मिनेटमा अर्टिमले निर्णायक गोल गर्दै युक्रेनलाई जित दिलाए ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसअघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । यार्मोलेन्कोको तर ४३ औं मिनेटमा फोर्सवर्गले स्वीडेनका लागि बराबरी गोल फर्काएका थिए ।यस्तै खेलको ९८ औं मिनेटमा मार्कुस डानिलसनले रातो कार्ड पाएपछि स्वडेन १० खेलाडीमा समेटियो । त्यसैको फइदामा अर्टिमले अन्तिम समयमा गोल गरे ।

यस जितपछि युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बन्दा स्वीडेन भने बाहिरिएको छ । पहिलो पटक युरोको समूह चरण पार गरेको युक्रेनले नकआउट चरणमा पनि पहिलो खेल जितेको हो ।अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढौं :

वुद्धिचाल अर्थात् चेस खेलका नियम
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता
क्रोएसियाले ऐतिहासिक टिम मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल
इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा १७४ को मृत्यु
राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी
विश्व नम्बर एक जर्मनी बाहिरियो, प्रशिक्षक योकिमको दुखद् बिदाई
फ्रान्स र क्रोएसिया समुह चरणबाट बाहिरियो, स्विजरल्याण्ड र स्पेन क्वाटरफाईनलमा
आज राती बेल्जियम विरुद्ध पोर्चुगल, नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र भिड्दै
नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली अन्तिम आठमा
वेल्समाथि सानदार जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा
युरो कपमा आज महत्वपुर्ण ४ खेल, पोर्चुगलविरुद्ध फ्रान्स, जर्मनीविरुद्ध हंगेरी र स्विडेन विरुद्ध पोल्य...