काठमाण्डाै – नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो।

खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । आजदेखि साउन ८ गतेसम्म  तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७  जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढौं :

२५ हजार भन्दा बढिमा डेंगु संक्रमण ३२ को मृत्यु
१२ हजार बढिमा डेंगु पुष्टि ११ जनाको मृत्यु
लिसंखुपाखर ५ को विभिन्न स्थानमा तीन दिने निशुल्क स्वास्थ्य शिविर
फिलिपिन्समा कोरोनाबाट एकै दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु
नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक प्रदीप गिरिको निधन
तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द
नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि, २ को मृत्यु
सिन्धुपाल्चोकका धेरैजसो निजी फार्मेसी तथा मेडिकल अनुमति बिनै सञ्चालन
पछिल्लो २४ घण्टामा ५७७ कोरोना संक्रमित थपिए, २ को मृत्यु
पुर्वमन्त्री मोहन बहादुर बस्नेतको हातबाट पहिरो पिडितलाई लालपुर्जा
पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना पुष्टि १ को मृत्यु
७५ देशमा मन्कीपक्स फैलिएपछी WHO द्वारा विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
नेपालमा कोरोना संक्रमण दिनानुदिन बढ्दै, २४ घण्टामा ४५७ थपिए, एकको मृत्यु