नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ। बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए।

सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ। एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।

‘दोस्रो एजेन्डा पार्टीको विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्तावको कार्यान्वयन हो,’ ज्ञवालीले भने,‘१० बुँदे सहमति प्रस्तावलाई क्रमश: कार्यान्वयन गर्दै लैजानेबारे आजको बैठकमा छलफल हुन्छ।’ ज्ञवालीले नेपाल पक्षको आग्रहमा यसअघि नै बैठक स्थगित भइसकेकाले आजको बैठक नरोकिने बताए।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बिहीबार नै छलफल र परामर्श गरेर सहमतिमा बैठक राख्नु उपयुक्त हुने बताएका थिए। आफूहरूको असहमतिकै बीच बैठक राखे त्यसले पार्टी एकता प्रक्रियालाई सहयोग नगर्ने उनीहरूको भनाइ छ। नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आजको बैठकमा सहभागी हुने/नहुनेबारे छलफल गर्न बाँकी रहेको बताए। स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दै छ। सर्वोच्चको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमालेका बैठकहरू बस्न लागेका हुन्।  

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
सिन्धुपाल्चोक क्षेत्र नं २ मा १२ हजार मतान्तरले विजयी हुदै इतिहास रचे मोहन बस्नेतले
सिन्धुपाल्चोक क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा सानदार मतले विजयी
सिन्धुपाल्चोक क्षेत्र नं १ को प्रदेश सभा क मा मसिना खड्का भण्डारी सानदार मतले विजयी
सिन्धुपाल्चोक-२ को मतगणना, नेपाली कांग्रेसको अग्रता
सिन्धुपाल्चोक-१ को मतगणना, एमालेको अग्रता
सिन्धुपाल्चोकको विपदमा म सधैं अगाडि: मोहन बस्नेत
प्रतिनिधिसभाका उम्मेदवारले बढिमा तीन वटा सम्म सम्पर्क कार्यालय खोल्न पाउने
ओलीलाई देउवाको प्रश्न: एमालेले गठबन्धन गर्न हुने, हामीले गर्न नहुने?