सत्तारूढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक शुक्रबारका लागि बोलाइएको छ। दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी सुरू गरिने स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाएका छन्। बैठक मुख्यगरी १४ औं महाधिवेशनको तयारीबारे केन्द्रित रहने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठक पार्टी कार्यालय वा अन्यत्र कहाँ बस्छ भन्ने यकिन भइसकेको छैन। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आज बिहान सरकारी निवास बालुवाटार सर्दैछन्, त्यसैले बालुवाटारमा बैठक बस्न सक्ने सम्भावना पनि छ।

सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि यसबारे रणनीत तय गर्न बिहीबार महामन्त्री शशांक कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटेका थिए। पौडेल पक्षले पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्नुपर्ने निष्कर्ष निकालेको छ। यो मितिबाट तलमाथि गर्न नपाइने अडान पौडेल पक्षको छ।

उक्त बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार अब महाधिवेशन सार्ने हो भने संवैधानिक रूपमा पार्टीमा संकट देखा पर्नेछ। क्रियाशील सदस्याबारे अधिकांश क्षेत्रमा विवाद हल गरिसकिएकोले महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा उनले जोड दिए।

कांग्रेसको वडा अधिवेशन साउन १२ गते छ। त्यसअघि नै क्रियाशील विवाद समाधान गरेर अन्तिम नामावली सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ। विवादित ठाउँ त्यसै राखेर १३ औं महाधिवेशनकै बेलाका क्रियाशीलबाट अधिवेशन गराउन सकिने विकल्पमा समेत कांग्रेसभित्र छलफल भइरहेको छ।

तल्ला तहका अधिवेशनको कार्यतालिका केही हेरफेर गर्नेबारे सभापति देउवा पक्षले आन्तरिक छलफल गरेका थिए।  यस्तै केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले असारभित्रै छानबिन सक्ने भने पनि अझै केही काम बाँकी नै छ। उक्त समितिलाई केही दिन म्याद थप गर्नेबारे पनि आज पदाधिकारी बैठकमा छलफल हुने स्रोत बताउँछ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह