काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई बोलाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको इजलासले जसपा विवाद टुंग्याउन कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि साउन ११ गते बिहान ११ बजे आयोगमा बोलाउने निर्णय गरेको हो ।
पार्टी एकीकरण हुँदाका बखतका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई परिचय खुल्ने नागरिकता वा मतदाता परिचयपत्रसहित साउन ११ गते उपस्थित हुन भनेर पत्र पठाउने निर्णय भएको छ ।
पार्टी एकीकरण बेला जसपाको ५१ जनाको कार्यकारिणी समिति रहेको कागजात आयोगमा बुझाइएको छ । जसमध्ये ३२ भन्दाबढी आफ्नो पक्षमा रहेको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले बताएको छ ।
पार्टीमा विवाद भएपछि अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवसहित उनका पक्षका केन्द्रीय कार्यकारिणी सदस्यलाई हटाएर आफू निकट नेताहरुलाई मनोनयन गरेका थिए । त्यसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाए पनि आयोगले अस्वीकार गरेको थियो । त्यसपछि अध्यक्ष यादवले आधिकारिता माग गर्दै बहुमत केन्द्रीय कार्यकारिणीको हस्ताक्षर आयोगमा बुझाएका थिए ।
पछिल्लो समय दुवै पक्षले पार्टी विभाजन गरिदिन भन्दै आयोगमा निवेदन दिएका थिए । सोही विवाद टुंगो लगाउन बिहीबार पनि इजलास बसेको हो ।
सनाखतपश्चात् आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४(६) बमोजिम सोही दिन बहुमत पक्षलाई आधिकारिकता दिने छ ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु