काठमाडौँ — नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठनबन्धनको निर्णय नहुन्जेल वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् । काठमाडौंमा भएको एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए ।

‘गठबन्धनको निर्णयअनुसार संघ र सबै प्रदेशमा सरकार बनाएको हो । गठबन्धनले बनाएको सरकार हो गठबन्धनले मुख्यमन्त्री हट्नु पर्छ भनेर निर्णय गरेको छैन । गठबन्धनबाट निर्णय भयो भने छाड्ने कुरामा हामी प्रतिबद्ध छौं,’ नेपाललाई उद्धृत गर्दै सांसद लक्ष्मण लम्सालले बताए ।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले भने पूर्वलिखित सहमतिअनुसार वाग्मती प्रदेशको नेतृत्व कांग्रेसले पाउनु पर्ने बताएका छन् । उनीहरुले पूर्व सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका छन् ।

सहमति कार्यान्वयनका लागि दुवै दलका सांसदहरुले हस्ताक्षर संकलनसमेत गरेका छन् । तर एकीकृत समाजवादी उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भने प्रदेश सरकार गठनसहितको विषयमा केन्द्रले निर्णय गरेको भन्दै त्यसैअनुसार गर्नुपर्ने बताउँदै आएका छन् ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु