पुर्व मन्त्री बस्नेत द्वारा ठेला व्यापारी लाई आर्थिक सहयोग



काठमाडौ महानगरपालिकाको सडक फुटपाथ प्रयोग गरी मकै बेच्दा महानगर प्रहरीले गत असार १७ गते सिन्धुपाल्चोक मेलम्ची–१० का चन्द्रनाथ आचार्य दम्पतीको ठेलागाडा र मकै समेत खोसिएपछी विचल्ली बनेका आचार्य दम्पतीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आज आफ्नै निवासमा बोलाई रु. ५१ हजार सहयोग गरेका छन् ।
आचार्य दम्पतीको ठेला र सामान समेत जफत भएपछी खान लाउन र कोठा भाडा तिर्न समेत गाह्रो हुने भन्दै बिलौना गरेको सुनेपछी पुर्व सूचना तथा संचार मन्त्री समेत भईसकेका बस्नेतले निज दम्पतीलाई आफ्नो निजि निवासमा नै बोलाएर सवारी आवागमनमा बाधा नपर्ने र मानिस हिड्नलाई समेत बाधा नपर्ने स्थानमा व्यापार गर्न सल्लाह दिदै उक्त रकम हस्तान्तरण गरेका हुन् ।
साथै आगामी दिनहरुमा पनि कुनै समस्या परे आफुलाई सम्झन समेत आग्रह गरेका छन् ।

यो पनि पढौं :
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह