नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानलाई टुङ्गो लगाउन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार बस्ने भएको छ।

 पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकको पूर्व तयारी उपसभापति पूर्णबहादुर खड्काले गर्दै हुनुहुन्छ। पार्टीका मुख्य सचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलका अनुसार, भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानमा एकता रुपता ल्याउन र असार २७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा पनि छलफल हुनेछ।

 बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र नेताहरूद्वय एनपी साउथ र गुरुराज घिमिरेलाई पनि आमन्त्रण गरिएको छ। कांग्रेसले केही समय पहिले केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा सात सदस्यीय समिति बनाएर भ्रातृ तथा शुभेच्छुक संस्थाको विधानको अध्ययन र विश्लेषण गरेको थियो।

कांग्रेसले पाँच वटा भ्रातृ संस्थाको विधान पारित गरिसकेको छ भने अन्यको बाँकी रहेको छ। विधानको अभावमा कांग्रेसका अधिकांश भ्रातृ संस्थाको अधिवेशन हुन सकिरहेको छैन।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
सिन्धुपाल्चोक क्षेत्र नं २ मा १२ हजार मतान्तरले विजयी हुदै इतिहास रचे मोहन बस्नेतले
सिन्धुपाल्चोक क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा सानदार मतले विजयी
सिन्धुपाल्चोक क्षेत्र नं १ को प्रदेश सभा क मा मसिना खड्का भण्डारी सानदार मतले विजयी
सिन्धुपाल्चोक-२ को मतगणना, नेपाली कांग्रेसको अग्रता
सिन्धुपाल्चोक-१ को मतगणना, एमालेको अग्रता
सिन्धुपाल्चोकको विपदमा म सधैं अगाडि: मोहन बस्नेत
प्रतिनिधिसभाका उम्मेदवारले बढिमा तीन वटा सम्म सम्पर्क कार्यालय खोल्न पाउने
ओलीलाई देउवाको प्रश्न: एमालेले गठबन्धन गर्न हुने, हामीले गर्न नहुने?