५ देखि ११ वर्षसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको करिब २३ लाख कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले कोभ्याक्स सुविधामार्फत फाइजर बायोन्टेकको २२ लाख ९९ हजार २०० मात्रा पेडियाट्रिक डोज खोप आइपुगेको जानकारी दिनुभयो ।

सरकारले २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो । ५ देखि ११ वर्ष उमेर समुहका ३९ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । त्यसको लागि कोभ्याक्सले ८४ लाख डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ ।

यसअघि कोभ्याक्स मार्फत गत ६ असारमा पनि २२ लाख डोज खोप प्राप्त गरेको थियो । खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले नेपालले कोल्ड चेनको क्षमता अनुसार खोप चरणवद्ध रुपमा ल्याएको डा. चौरासियाले बताउनुभयो । आज प्राप्त खोप अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिका र दोस्रो डोजको लागि प्रयोग गरिने डा. चौरसियाले जानकारी दिनुभयो ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । सरकारले विद्यालयमै खोप केन्द्र तोकेको छ । देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ ।

यो पनि पढौं :

२५ हजार भन्दा बढिमा डेंगु संक्रमण ३२ को मृत्यु
१२ हजार बढिमा डेंगु पुष्टि ११ जनाको मृत्यु
लिसंखुपाखर ५ को विभिन्न स्थानमा तीन दिने निशुल्क स्वास्थ्य शिविर
फिलिपिन्समा कोरोनाबाट एकै दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु
नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक प्रदीप गिरिको निधन
तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द
नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि, २ को मृत्यु
सिन्धुपाल्चोकका धेरैजसो निजी फार्मेसी तथा मेडिकल अनुमति बिनै सञ्चालन
पछिल्लो २४ घण्टामा ५७७ कोरोना संक्रमित थपिए, २ को मृत्यु
पुर्वमन्त्री मोहन बहादुर बस्नेतको हातबाट पहिरो पिडितलाई लालपुर्जा
पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना पुष्टि १ को मृत्यु
७५ देशमा मन्कीपक्स फैलिएपछी WHO द्वारा विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
नेपालमा कोरोना संक्रमण दिनानुदिन बढ्दै, २४ घण्टामा ४५७ थपिए, एकको मृत्यु