नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए ।

‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ’ उनले भने ।

पनि नमानेको थापाले बताए । अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करको दर हेरफेर गराएको आरोप लागेको छ । नेकपा एमालेले संसदमा यो विषय उठाउँदै संसदीय छानबिन माग गरेको छ ।

कांग्रेस महामन्त्री थापाले अर्थमन्त्रीमाथि लागेको आरोप त्यत्तिकै सेलाउन दिन नहुने बताए । ‘अब यो उठ्यो, यत्तिकै गयो भनेर हुँदैन । यस्तो गर्‍यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ’ उनले भने, ‘वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ । तत्काल उहाँले राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने ।’

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह