महानगर प्रहरीले ठेला खोसिएका दम्पतीको बालबच्चालाई सिन्धु नेता बस्नेतको पहलमा निशुल्क पढाईने



काठमाडौ महानगरपालिकाको सडक फुटपाथ प्रयोग गरी मकै बेच्दा महानगर प्रहरीले गत असार १७ गते सिन्धुपाल्चोक मेलम्ची–१० का चन्द्रनाथ आचार्य दम्पतीको ठेलागाडा र मकै समेत खोसिएपछी विचल्ली बनेका आचार्य दम्पतीका दुई सन्तानलाई कक्षा १२ सम्म सिन्धु नेता मोहन बहादुर बस्नेतको पहलमा निशुल्क पढाउने भएको छ ।
कमाई गरि खाने ठेलागाडा समेत नभएपछी आचार्य दम्पतीको दुखलाई सहज बनाउन केही दिन अघि मात्र ५१ हजार रुपैयाँ सहयोग गरेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको पहलमा हाल कक्षा ८ र कक्षा ९ मा पढ्दै गरेका आचार्य दम्पतीका दुई छोराहरू दिपक आचार्य र चेत नारायण आचार्यलाई कक्षा १२ सम्म निशुल्क पढाउनका लागि कस्मोपोलिटन बोर्डिङ स्कुल बालुवाटारले सहयोग गर्ने भएको छ ।
यससँगै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रामकुमार थापाले स्टेसनरी खर्च बापत रु. ५ हजार र नेपाली कांग्रेस बागमती प्रदेश सदस्य मसिना भण्डारीले स्कुल पोशाक खर्च बापत रु १५ हजार सहयोग गरेका छन् ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर तमाङ लगायतका नेताहरुको उपस्थितिमा आज भएको उक्त बोर्डिङ सँगको सम्झौताले असहाय दम्पतीको आफ्ना बच्चाहरुलाई उच्च शिक्षा दिने धोको पूरा हुने भएको छ ।
