गृहमन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न, सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माणका लागि बिहीबार विभिन्न निर्णय गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ । 

मन्त्रालयले परिपत्र गरेको निर्णयको बुँदा नम्बर १० मा सवारी साधनमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने उल्लेख गरिएको छ । सचिव स्तरको निर्णय अनुसार अब सवारी साधनमा साहित्य, सायरी र टुक्रा  अर्थात् बोलीचालीको भाषामा भनिने ‘गाडी साहित्य, ट्रक साहित्य’ लेख्न पाइने छैन ।

गाडीमा लेखेको पाइए तत्काल उक्त लेन सवारी धनीले हटाउनुपर्ने र नहटाए स्थानीय प्रशासन र ट्राफिक प्रहरीले कारबाही गर्ने निर्णयमा उल्लेख छ । 

निर्णयको बुँदा नम्बर १० मा भनिएको छ, ‘‘गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्‍न नहुने। त्यस्तो राखेको पाइएमा यथाशीघ्र सवारी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने सो गरेको नपाइएमा स्थानीय प्रशासन, ट्राफिक प्रहरीबाट कारवाही गर्ने ।’’ 

गृहमन्त्रालयको निर्णयकबाट सडक पूर्वाधारहरूको कमजोर अवस्था, सवारी साधनको आवधिक मर्मत सम्भारको अभाव, सवारी साधनमा आवश्यक न्यूनतम पूर्वाधारको कमी, जथाभावी सवारी साधनमा लेखन गर्दै स्वरुप बिगार्ने, सवारी साधनमा काम गर्ने जनशक्ति तथा यात्रुहरुमा सचेतनाको कमी, पर्याप्त ट्राफिक पूर्वाधारको अभावबाट हुने समस्यालाई न्यूनीकरण गर्न यो निर्णय गेर कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालय र निकायलाई पठाइएको  मन्त्रालयका सचिव टेकनारायण पाण्डे जानकारी दिनुभयो ।  (खबर आजको राष्ट्रिय दैनिक गोरखापत्र अनलाइन बाट )

निर्णय

१. सडकमामा ग्रीन बेल्ट विकास गर्नुपर्ने,

२. विद्युतीय सवारी साधानलाई प्रोत्साहन गर्नुपर्ने,

३. सवारी साधनबाट सिर्जित फोहोरमैलाको समयमै व्यवस्थापन गर्नुपर्ने,

४. दैनिक सडकको सरसफाई गर्ने, यान्त्रिक कुचोको माध्यमबाट सफा गरी सडकबाट धुलो नउड्ने अवस्था सिर्जना गर्ने,

५. शहर भित्रिने मुख्य नाकामा  सवारी साधनलाई सफा बनाई शहरभित्र पस्ने व्यवस्था मिलाउने ।

६. भेहिकल फिटनेश सेन्टरको स्थापना गर्ने,

७. प्रदूषण फैलाउने फैलाउने, पुराना सवारी साधनहरुलाई विस्थापन गर्ने,

८. सवारी साधनभित्र कुहिने र नकुहिने फोहोरका लागि फरक फरक डस्टबिन राख्‍नुपर्ने र उक्त फोहोरको उचित स्थानमा विसर्जन गर्नुपर्ने,

९. यात्रुका लागि सवारी साधनहरुमा बमन थैलीको व्यवस्था गर्नुपर्ने,

१०. गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्‍न नहुने।त्यस्तो राखेको पाइएमा यथाशीघ्र सावरी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने सो गरेको नपाइएमा स्थानीय प्रशासन, ट्राफिक प्रहरीबाट कारवाही गर्ने ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु