जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पछाडिबाट गोली प्रहार हुँदा घाइते हुनुभएकाे छ।

बीबीसीका अनुसार पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएपछि कार्डियाेपुलमाेनरी घात भएकाे छ ।

टाेक्याेका पूर्व गभर्नर याेइचि मासुचाेकाे ट्वीट अनुसार उहाँलाई कार्डियाेपुलमाेनरी घात भएकाे हाे । 

कार्डियाेपुलमाेनरी घात हुनु प्रारम्भिक रूपमा जापानमा औपचारिकमा मृत्यु भएकाे घाेषणा गर्नु अगाडि भन्ने हुन्न्छ ।

जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गाेलीकाण्ड हुने गर्छन् ।  

नारा सहरमा भाषण गर्दागर्दै उहाँमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उहाँ सडकमै ढल्नुभएकाे थियाे । उहाँकाे शरीरबाट रगत बगेकाे थियाे  उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ।आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उहाँ भाषण  गरिरहनुभएकाे थियाे ।

आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीमा रहनुभएकाे थियाे ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह