नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो । 

छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा हुनुहुन्छ । प्रवक्ता महराले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीनजनाको सुझाव समिति गठन गरेको पनि बताउनुभयो ।

त्यस्तै, बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ । आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता मरहाले जानकारी दिनुभयो ।

बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको पनि बताउनुभयो ।

प्रवक्ता महराका अनुसार प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षणका कार्यक्रम रहेको छ ।

प्रवक्ता महराले पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी गर्नुभयो । समाचार गोरखापत्र अनलाइन बाट

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह