श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्।

बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ।

देश आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् । देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गरिएको हो ।

यसअघि नै उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनिसकेकाछन् भने राष्ट्रपति को लागि आज भएको मतदानमा विक्रमासिंघेले १३४ मत पाएका छन्। श्रीलंकाको संसदमा भएको २२५ सदस्य मध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लेख गरिएको छ।

विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२  र अनुरा कुमारा दिस्सानायकेले ३ मत पाएका छन्।

श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ।

राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह