राजधानी काठमाडौबाट करिब ११० किलोमीटर पुर्ब तिर पर्ने सिन्धुपाल्चोकको एउटा बजार हो मुडे बजार । दोलखा जिल्ला सँगै जोडिएकोले होला धेरैले यस ठाउँलाई दोलखाको मुडे बजार भनेर पनि चिन्ने गरिन्छ । यहि बजार अहिले खाना र नास्ता मात्रै नभएर आलु, छुर्पी र खरिढुङ्गाको सामग्री विशेष बजार बन्दै गएको छ ।

पौषमा रोपेको आलु असारमा फल्ने अर्थात् आलु फल्नलाई करिब ६ महिना लाग्ने मुडेको आलु उसिनेर खाँदाखेरी एकदमै रसिलो र पोषिलो पनि भएकोले होला हिजोआज मुडेको बाटो भएर हिड्ने यात्रु तथा घुम्न हिड्ने आन्तरिक पर्यटकहरुले पनि यस ठाउँको आलुलाई एकदमै रुचाईएको पाइन्छ । त्यस्तै दोलखाको कालिन्चोक र शैलुङ बाट आउने चौंरी गाईको शुद्ध छुर्पी ले पनि यस ठाउँमा राम्रै बजार लिएको छ ।

घुम्न हिड्ने र मुडेको बाटो भएर आवतजावत गर्ने जो कोहिले पनि यहीँबाट किनेर लैजान पाए शुद्ध आलु पाउने र अन्य ठाउँको मिसावट आलु नपर्ने भन्दै किनेर लैजाने भएकोले पनि यस ठाउँमा सबैतिर आलु बेच्न राख्न थालेको यहाँको स्थानीय व्यापारीले बताए ।

त्यसै गरि हातले बनाएको खरिढुङ्गाको रोटी पोल्ने तावा, खरिको मुर्ति, शिवलिङ्ग, धुपौरो, एस्ट्रे आदिले पनि बजारमा विशेषता थपेको छ ।

काठमाडौ तिर पाउने छुर्पी र यहाँ पाउने छुर्पीको स्वादमा धेरै भिन्नता भएकोले पनि यहाँको छुर्पी धेरै विक्री हुन थालेको हो । छुर्पी लगायत केही पसलहरुमा चौंरी गाईको नौनिघ्यु पनि पाईने गरेको छ ।

मुडे नजिकै आलुफार्म भएकोले पनि विभिन्न जातका आलु पाइने यस ठाउँमा प्रायजसो रोजिटा जातको आलु पाउने गरेको छ । यतातिरको माटो र हावापानीमा यो जातको आलु राम्रो हुने र खानको लागि पनि स्वादिलो हुने भएकालेे अहिले प्राय सबैतिर यहि जातको आलु पाउन सकिन्छ ।

अहिले मुडे बजारमा खुद्रा आलु प्रतिधार्नी १३० रुपैयाँ देखि १४० सम्म पर्ने स्थानीय व्यापारीले बताएका छन् ।

[Weblizar id=1199]