२ पटक नेपाल भ्रमण गरेका महारानी एलिजावेथ द्वितीयको निधनमा सरकारले ३ दिन शोक मनाउने



नेपाल सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन प्रती दुख व्यक्त गर्दै ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्वितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।
महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।
बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासन गरेपछि ९६ वर्षको उमेरमा हिजो बालमोरलमा निधन भएको थियो ।

महारानी एलिजाबेथ द्वितीयले मार्च १९६१ र त्यसको २५ वर्षपछि सन् १९८६ मा दोश्रो विश्वयुद्धमा योगदान पुर्याइएका वीर गोर्खालीहरुसँग भेटघाट गर्ने उद्देश्यले नेपाल भ्रमण पनि गरेका थिए ।
