आकाश जब रोईरहन्छ म तिमिलाई सम्झन्छु (गजल श्रृङ्गार)



आकाश जब रोइरहन्छ, म तिमीलाई सम्झन्छु
अनि मुटु पोलिरहन्छ , म तिमीलाई सम्झन्छु ।

चञ्चले यो मन बगैँचाका डालीडाली भौतारिदै
भ्रमरझैँ फूल खोजिरहन्छ,म तिमीलाई सम्झन्छु।
हरिया यी पहाडहरुले *बादलको घुम्टो ओडेर
वसन्त बेला डाकिरहन्छ ,म तिमीलाई सम्झन्छु।
बिछोडकाे एक रात पनि बर्षाैँ बर्षाैँजस्तो बनाई
न्याउली पीडा पोखिरहन्छ,म तिमीलाई सम्झन्छु।

लुकामारी खेल्दै सर्माइ सर्माइ बादल पछाडिबाट
जब जूनले हेरिरहन्छ , म तिमीलाई सम्झन्छु ।।
सुजन घिमिरे,धनगढी कैलाली
