‘सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था’ मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न



पौष २९ गते सिन्धुपाल्चोक मुडे । सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुडे बजारको बाह्रौं साधारण सभा आज सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं ५ स्थित मुडे बजारमा करिब ६ सयको हाराहारीमा शेयर सदस्य संख्या रहेको संस्थाले विभिन्न प्रस्तावहरु पारित गर्ने उद्देश्यले आज बार्षिक साधारणसभा गरेको हो ।
सहकारीका अध्यक्ष मिङ लामाको सभापतित्वमा सहकारीको कार्यक्षेत्र लिसंखुपाखर-४ र ५ को शेयर सदस्यहरु उपस्थित भएको थियो ।
“वर्तमानको बचत नै भविष्यको आम्दानी” भन्ने मुल नाराका साथ २०६७ सालमा डिभिजन सहकारी धुलिखेलमा दर्ता भई २५ जना शेयर सदस्यबाट मासिक रु. एकसय बचत गरेर संचालन भएको यस सहकारी संस्थाले हाल दुई करोड रुपैयाँको हाराहारीमा कारोबार गरिरहेको छ ।

विनियम संशोधन लगायत शेयर सदस्य संख्या बढाउने, नियमित बचतमा निरन्तरता दिने, विभिन्न योजना ल्याएर बचत संकलन गर्ने, ऋण उपसमिति, शिक्षा उपसमिति लगायत विभिन्न आवश्यक उपसमितिहरु गठन गरेर परिचालन गर्ने निर्णयका साथै ७ सदस्यीय संचालक समितिमा १) अध्यक्ष : मिङ लामा २) उपाध्यक्ष : सुवास कुमार श्रेष्ठ ३) सचिब : इराज लामा (आईराज) ४) कोषाध्यक्ष : प्रताप लामा ५) सदस्य : राजेन्द्र कुमार लामा ६) सदस्य : प्रतिमा श्रेष्ठ ७) सदस्य : हेमन्त कुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै गरि विनियम संशोधन उपसमिति र ऋण उपसमिति संयोजकमा इराज लामा (आईराज), शिक्षा उपसमिति संयोजक प्रताप लामा, लेखा उपसमिति संयोजक ढलक बहादुर श्रेष्ठ (राजु) चयन भएका छन् ।
