सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते



२८ फागुन, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस बिहान ९:१५ बजे दुर्घटना भएको हो । मृत्यु भएकाहरुको पहिचान खुल्न सकेको छैन ।
घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ ।
चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भई भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
