मुडे साम्तेन छ्योईडुब्लिङ गुम्बा निर्माणको लागि एकै दिन जुट्यो ५ लाख बढी सहयोग रकम



इराज लामा (आईराज) सिन्धु न्युज अनलाइन । सिन्धुपाल्चोकको लिसंखुपाखर-५ मुडेमा निर्माण हुँदै गरेको साम्तेन छ्योईडुब्लिङ गुम्बा को लागि एकैदिनमा पाँच लाख भन्दा धेरै सहयोग रकम जुटेका छन् ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षतविक्षत भएका गुम्बा मुडे लामा परिवारबाट रु. ४ लाख र गाउँपालिकाको थोरै बजेट रकमले भुई ढलान सकाईसकेकोमा हाल आर्थिक बर्ष २०७९/०८० को लिसंखुपाखर गाउँपालिका र वडा नम्बर ५ को बजेट रु. ९ लाख समेतले दोश्रो ढलान शुरू गरेको अवस्थामा हाल उक्त रकम अपुग भएर काम गर्नै गाह्रो परेको अवस्थामा मुडे बजारका बासिन्दा र अन्य विभिन्न सहयोगी हातहरुबाट एकै दिनमा पाँच लाख बढी रकम सहयोग भएको हो ।
हिजो बैशाख २ गते गुम्बा व्यवस्थापन समितिका अध्यक्ष घ्याम्छो लामाको अध्यक्षतामा मिङ लामाले संचालन गरेको भेटघाट र छलफल कार्यक्रममा इराज लामा(आईराज) ले स्वागत मन्तव्य दिंदै शुरु भएको कार्यक्रममा शुरुमा कार्यक्रम स्थलमै ८५ बर्षको ज्येष्ठ नागरिक बलराम श्रेष्ठले रु. १० हजार सहयोग गरेपछि पालैपालो सहयोग रकम जुट्दै गएको थियो । यसै बिचमा सिक्रे बाखोर घर भएका जापान बसोबास गर्ने देव श्रेष्ठबाट रु. २० हजार र मुडे घर भएका हाल अष्ट्रेलिया बसोबास गर्ने पुर्ण बहादुर श्रेष्ठले रु. २०,१२१ र सुनकोसी गाउँपालिका-६, १३ किलो घर भएका हाल अमेरिका बसोबास गर्ने राजेन्द्र पाख्रीन (मिङको ससुरा) बाट ५० हजार प्राप्त भएपछि एकाएक सबै हौसिंदै सहयोग रकम जुट्न थालेका थिए ।
यसअघि नै हर्ष सु माउन्टेन रिसोर्टका प्रोपाईटर निरोज ढुंगानाबाट ५० बोरा सिमेन्ट बराबर रु. ३७ हजार र फ्याफुल्ला कन्स्ट्रक्सनका प्रोपाइटर वीर बहादुर लामा बाट एक टिप गिट्टी बापत रु २२ हजार सहयोग गरेका थिए ।

हालसम्म प्राप्त भएका सहयोग रकमहरु
मुडे लामा परिवारबाट
१) ज्ञान बहादुर लामा, पेमा दोर्जे लामा (आर्मी) र इराजको दुईभाई बाट गरि रु. ५०,२००/-
२) घ्याम्छो लामा, धावा घ्याम्छो लामा सोनम र मिङ लामाको ३ भाईबाट गरि रु. ५०,०००/-
३) फुर्पा दोर्जे लामा र पेमा छिरिङ लामाबाट रु. ५०,०००/-
४) निमा लामाबाट रु. ५०,०००/-
५) ल्हाक्पा लामाबाट रु. ५०,०००/-
६) कार्साङ लामा, ठाइला लामा, सेते लामा र सुमन लामाको दुईभाईबाट रु. ५०,०००/-
७) लाल बहादुर लामा, चितवने साईला लामाको छोराहरु, फुर्बा लामा, पेमा नाम्गेल लामा (कान्छा) को छोराहरुबाट रु. ५०,०००/-

लामा परिवार बाहेक प्राप्त भएका सहयोग रकमहरु
१) निरोज ढुंगाना हर्ष सु माउन्टेन रिसोर्ट रु. ३७,०००/-
२) वीर बहादुर लामा फ्याफुल्ला कन्स्ट्रक्सन रु. २२,०००/-
३) पुर्ण बहादुर श्रेष्ठ अष्ट्रेलिया २०,१२१/-
४) सयपत्री युवा क्लब २०,०००/- र ५ बोरा सिमेन्ट
५) कान्छा श्रेष्ठ काजी २५,०००/-
६) बल बहादुर श्रेष्ठ १०,०००/-
७) डम्बर बहादुर श्रेष्ठ २०,०००/-
८) धन बहादुर श्रेष्ठ २०,०००/-
९) खड्ग बहादुर श्रेष्ठ २०,१११/-
१०) ललित बहादुर श्रेष्ठ १०,११०/-
११) गणेश बहादुर श्रेष्ठ १०,०००/-
१२) मसली प्रधान २,५००/-
१३) कर्ण बहादुर शाक्य ५,१००/-
१४) पासाङ शेर्पा ३५,०००/-
१५) पशुपति तमाङ पशुपति हार्डवेयर ३०,१००/-
१६) राजेन्द्र पाख्रीन अमेरिका ५०,०००/-
१७) पेमा वङ्गेल लामा, दावादोर्जे लामा, बाबा लामा, वङ्गेल लामा ५०,०००/-
१८) कर्ण बहादुर श्रेष्ठ, बिष्णुमाया श्रेष्ठ २५,५००/-
१९) तारालाल श्रेष्ठ ८,५५०/-
२०) इन्द्र बहादुर श्रेष्ठ दिले ५,५००/-
२१) मान कुमारी श्रेष्ठ २,१००/-
२२) अशोक श्रेष्ठ ५०५/-
२३) ओम कुमारी श्रेष्ठ चन्द्रे निगाले ४५०/-
२४) रमेश कुमार जोशी २,०००/-
२५) सरोज लामा ५,०००/-
२६) लिला श्रेष्ठ गिता ५,०००/-
२७) अम्बर बहादुर वाईबा २,६००/-
२८) जस बहादुर गुरुङ ५,०००/-
२९) ल्वाङ घ्याम्छो लामा साईला १,५००/-
३०) देब श्रेष्ठ जापान २०,०००/-
३१) तुल बहादुर लामा १० बोरा सिमेन्ट
३२) धावा लामा पाख्रीन १०,०००/-
३३) विनोद के सी ५,०५०/-
३४) अरुण खड्का ५,००५/-
३५) पेमा वङ्गेल लामा ठुला २,०००/-
३६) रेशम बहादुर घिसिङ भिम कुमारी डाँडापाखर १,०५०/-
३७) मान बहादुर श्रेष्ठ रबि २,५००/-
जम्मा ५,७९,८५२ र लामा परिवार बाट रु. ३,५०,२००/- गरि जम्मा रु. ९ लाख ३० हजार ५२ रुपैयाँ सहयोग रकम उठेका छन् ।
