बैशाख १५ गते सिन्धुपाल्चोक । नेपाली कांग्रेस लिसंखुपाखर-५ का सभापति इराज लामा आईराजको नेतृत्वमा संकलन भएको रु.१,४५,६२१/- (एक लाख पैंतालीस हजार छ सय एक्काईस रुपैयाँ) रकम बिरामी पुनु देवी तमाङको आफन्तहरु बोलाएर आज हस्तान्तरण गरिएको छ । 

गत मिती २०८० बैशाख ७ गते नेपाली कांग्रेस लिसंखुपाखर-५ इकाई कमिटीको छलफल द्वारा शुरु गरिएको लिसंखुपाखर-५ अठार किलोका ‘क्यान्सर पीडित पुनु तमाङ बचाउँ अभियान’ बाट उक्त रकम जम्मा भएको हो ।

नेपाली कांग्रेसका विभिन्न नेता, कार्यकर्ता लगायत उक्त अभियानलाई सफल पार्नका लागि देश तथा विदेशमा रहेका सुभेच्छुक व्यक्तिहरु र अन्य पार्टीका व्यक्तिहरु समेतले यो अभियानलाई तारिफ गर्दै यस्तो संस्कारको स्वागत गर्दै आ-आफ्ना गच्छे अनुसार धेरथोर रकम सहयोग गरेका थिए ।

भारतको राजिब गान्धी क्यान्सर अस्पतालमा फोक्सो र श्वास नलि क्यान्सरको उपचार गराईरहेका पुनु तमाङ पिडित मात्रै नभएर धेरै पिडित रहेको छ । बर्षौं सम्म श्रीमानको उपचार गर्दा ३०सौं लाख सकाएर बल्लतल्ल श्रीमान निको भएर अलिकति राहत महसुस गर्दैगर्दा फेरि आफैलाई पनि क्यान्सर लाग्दा थप पिडित भएको छ ।

उहाँको श्रीमानको उपचारको क्रममा पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले ‘पहिला जनता बचाउँ राजनीति पछि गरौंला भन्ने अभियान चलाएर सहयोग गरेकै चलनलाई आत्मसात् गर्दै नेपाली कांग्रेस लिसंखुपाखर-५ का सभापति आईराजले शुरु गरेको अभियान लगभग सफल भएको मानिन्छ । अहिले उक्त अभियान विभिन्न व्यक्ति, संघसंस्था लगायत देश तथा विदेशमा आ-आफ्नै तवरले लागिरहेको छ ।

यस अभियानलाई सफल गराउनका लागि नेपाली कांग्रेस महासमिति सदस्य डा. प्रेमध्वज लामा सहित स्थानिय स्तरका नेता, कार्यकर्ता, नेबिसंघ टिम लगायत विभिन्न मनोकारी व्यक्तित्वहरु आ-आफ्नै ठाउँबाट सहभागी भएर लागेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा सभापति आईराजले सहयोगीहरु सबैलाई धन्यवाद दिंदै यसरी अभियान चलाउने कुरामा कसैले राजनीतिक नजरले नहेरी सकेसम्म सबै पार्टी, सबै संघसंस्था र सबै व्यक्ति आ-आफ्नो ठाउँबाट लागेर बरु सहयोग जुटाउने कार्यमा एकले अर्कोलाई उछिन्दै धेरै भन्दा धेरै सहयोग जुटाउन सके धेरै राम्रो हुने कुरा समेत बताएका थिए ।

सहयोगी हरुको नाम र सहयोग रकम जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।
१) इराज लामा (आईराज) नेपाली कांग्रेस सभापति रु. ५,०००/-
२) गंगा बहादुर श्रेष्ठ नेपाली कांग्रेस पुर्व गाउँपलिका सभापति रु. ५,०००/-
३) खड्ग बहादुर श्रेष्ठ नेपाली कांग्रेस इकाई सचिब रु.  ३,०००/-
४) सन्तलाल श्रेष्ठ नेपाली कांग्रेस इकाई सचिब रु. ७,५००/-
५) पेमा तमाङ बर्णा ग्याबाटोल हाल दक्षिण कोरिया रु. ५,०००/-
६) कमल रुम्बा लामा नेबिसंघ सभापति ककलिङ  रु. ५,०००/-
७) सन्त बहादुर तमाङ १८ किलो टोल सभापति नेपाली कांग्रेस रु. ३,०००/-
८) गणेश बहादुर तमाङ वडासदस्य प्रत्यासी नेपाली कांग्रेस रु. ५,०००/-
९) मान बहादुर तमाङ( राजकुमार) १८ किलो रु. ३,०००/-
१०) कुमार लामा १८ किलो समाजसेवी रु. २,०००/-
११) बिष्णु कुमार श्रेष्ठ पुर्व वडाध्यक्ष नेपाली कांग्रेस रु. १०,०००/-
१२) रमेश पाख्रीन तमाङ पिस्कर-४ नेपाली कांग्रेस रु. ५,१००/-
१३) किसिम मोक्तान लि.पा.-४ इकाई सचिब नेपाली कांग्रेस रु. २,०००/-
१४) नरेश कार्की नेपाली कांग्रेस सुनकोसी गाउँपालिका रु. ५,०००/-
१५) कुमार लामा नेपाली कांग्रेस सभापति बलेफी गा.पा. रु. ५००५/-
१६) प्रेम ध्वज लामा महासमिति सदस्य नेपाली कांग्रेस रु. ५१००/-
१७) रामकुमार लामा (प्रेम) लिपा-६ सभापति नेपाली कांग्रेस र उद्धब कार्की रु. ६,०००/-
१८) आनन्द खड्का नेपाली कांग्रेस लिसंखुपाखर-६ रु. २,०००/-
१९) कविता गुरुङ त्रिपुरा-१ नेपाली कांग्रेस महासमिति सदस्य १५०५/-
२०) बुद्धराज बस्नेत नेपाली कांग्रेस बाह्रबिसे रु. १०,०००/-
२१) अनिसा तमाङ समाजसेवी शिल्ढुङ्गा रु. ५,०५५/-
२२) मकर मोक्तान तमाङ लिसंखुपाखर-४ समाजसेवी रु. २,०००/-
२३) निमा डोल्मो लामा कार्यपालिका सदस्य नेपाली कांग्रेस रु. १,०००/-
२४) भुना तमाङ (अलिसा) नेपाली कांग्रेस लिपा-५ महिला सदस्य रु. २,५०५/-
२५) सोनम तमाङ शिल्ढुङ्गा रु. २,०००/-
२६) अनिशाको ममि शिल्ढुङ्गा रु.१,००५/-
२७) धनश्री तमाङ शिल्ढुङ्गा रु. ५०५/-
२८) बसुन तमाङ शिल्ढुङ्गा बर्णा रु. ५०५/-
२९) हेयर कटिङ शैलुन शिल्ढुङ्गा ठाकुर रु. ५०५/-
३०) गंगा तमाङ बर्णा रु. ५०५/-
३१) अनिता तमाङ बर्णा रु. ५०५/-
३२) कान्छा श्रेष्ठ पुर्व वडाध्यक्ष साबिक जेठल-८ मुडे नेपाली कांग्रेस रु. ३,५००/-
३३) दिनेश श्रेष्ठ ‘जुरेली’ जेठल, हाल बौद्ध-६ रु. ५,००५/-
३४) निमा योन्जन लिपा-१ टाँडी हाल साउदी अरेबिया रु. १,०००/-
३५) पेमा मोक्तान जलेश्वरी आधारभूत विद्यालय शिक्षिका रु. ५,०००/-
३६) कुबेर थापा लिसंखुपाखर शिक्षा शाखा रु. ३३३३/-
३७) अन्जु थापा सुर्य ज्योती लाईफ इन्स्योरेन्स खाडिचौर रु.३३३३/-
३८) प्रमोद लामा नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि रु. ५,१००/-
३९) सीता श्रेष्ठ (सजिता) शिल्ढुङ्गा रु. १०५०/-
४०) कृष्ण न्यौपाने नेपाली कांग्रेस सिन्धुपाल्चोक रु. ३,०००/-
४१) ललित श्रेष्ठ रु. त्रिपुरासुन्दरी गापा तौथली रु. ४,०००/-

जम्मा रु. १,४५,६२१/- (अक्षेरेपी एक लाख पैंतालीस हजार छ सय एक्काईस रुपैयाँ)