नेबिप्रा ट्रेड युनियनको चुनाव सिन्धुपाल्चोक वितरण केन्द्रमा कर्मचारी संघको जित



बैशाख २८ गते सिन्धुपाल्चोक । आज सम्पन्न भएको नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन चुनाव सिन्धुपाल्चोक वितरण केन्द्रमा कर्मचारी संघको जित भएको छ ।

केन्द्रिय उपाध्यक्ष फुर्पा सङ्गे लामाको भनाई अनुसार कर्मचारी संघ -४४ मत, राष्ट्रिय कर्मचारी युनियन -२३ मत र कर्मचारी युनियनले -५ मत प्राप्त गरेका थिए भने कर्मचारी कल्याण परिषदले -४ मत प्राप्त गरेका थिए ।

साथै देशभरिको मत गणना अनुसार कर्मचारी संघले -३२९२ मत ल्याई नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा बिजयी भएको जानकारी प्राप्त भएको छ ।